१२ आश्विन २०८१, शनिबार

आफ्नै दलले मागे दक्षिण अफ्रिकी राष्ट्रपति जुमाको राजीनामा 


afriki rashtapati

एजेन्सी, १ फागुन । दक्षिण अफ्रिकाका राष्ट्रपति जेकेब जुमाको राजीनामा त्यहाँको सत्तारुढ दल मागेको छ । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेशनल कंग्रेसले राष्ट्रपति जुमाको राजीनामा माग गरेको अफ्रिकी सञ्चारमाध्यमले जनाएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ ।

पार्टीको बैठकपछि कुनै आधिकारिक वक्तव्य भने दिइएको छैन। राष्ट्रपति जुमामाथि भ्रष्टाचारको आरोप लागेको छ । पार्टीको प्रमुखका रूपमा सिरिल रामापोसा गत डिसेम्बरमा चुनिएपछि राजीनामाका लागि परेका दवाबको जुमाले बेवास्ता गर्दै आएका छन् ।

जुमाको भविष्यबारे छलफल गर्न एएनसीका १०० भन्दा बढी वरिष्ठ नेताले प्रिटोरियाको एक होटलमा १३ घण्टा बैठक गरेका थिए । बैठकपछि कसैले औपचारिक प्रतिक्रिया दिएनन् । तर स्थानीय सञ्चारमाध्यमले उक्त भेलाले जुमालाई राजीनामा दिन औपचारिक रूपमा आग्रह गरेको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !