७ पुस २०८१, आइतबार

आउदो मार्चमा पश्चिम अष्ट्रेलियाको पर्थमा दोश्रो पटक नेपाल महोत्सव हुँदै


pearth austrelia

२७ माघ , पर्थ । नेपाली भाषा, कला, संस्क्रिती र पर्यटनलाई पश्चिम अष्ट्रेलियामा सम्बर्दन एवम प्रबर्दन गर्ने उधेश्यका साथ आउदो मार्च महिनामा पर्थमा दोश्रो पटक नेपाल महोत्सबको आयोजना गरिदैछ । गैर आवासिय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाको आयोजनामा हुन लागेको सो ‘नेपाल फेस्टिभल पर्थ – २०१८’ यही आउदो मार्च ३१ तारिखका दिन पर्थको मुटुमा अबस्थित ‘एलिजाबेथ की’ मा सम्पन्न हुँदैछ ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै संसारभर नेपाली भाषा, कला र संस्क्रितीलाई निरन्तर प्रबर्दन गर्दै आइराखेको गैर आवासिय नेपाली संघले अष्ट्रेलियाका भिभिन्न राज्यहरुमा हरेक दुइ दुइ वर्षमा ‘नेपाल महोत्सब’ आयोजना गर्दै आइरहेको छ । सोही नेपाल र नेपालीलाई चिनाउने महत्वपूर्ण कार्यलाई निरन्तरता दिँदै गैर आवासिय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले चार बर्ष पछी पुन: पर्थमा दोश्रो पटक नेपाल महोत्सब आयोजना गर्न लागेको हो ।

यसै सिलशिलामा गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले पर्थका स्थानीय संघसस्था र नेपाली समुदायसँग सहकार्य गर्दै महोत्सव मुल आयोजक समूह निर्माण गरि महोत्सवको सम्पूर्ण प्रारम्भिक तयारी सुरु गरी सकेको, गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा महोत्सबका सम्योजक समेत रहेका राज्य परिषद सम्योजक दिपक शर्माले जानकारी गराए । महोत्सबलाई भब्य सफल बनाउन निर्माण गरिएका विभिन्न उपसमितीहरुले हाल आफ्नो काम तिब्र गतीमा अघी बढाइरहेको उनले जानकारी दिए ।-अनलाइन खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !