१ मंसिर २०८१, शनिबार

नयाँ अमेरिकी युग सुरु भएको राष्ट्रपतिको दाबी


domald tram

एजेन्सी, १७ माघ । अमेरिकामा ‘नयाँ अमेरिकी युग’ सुरु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । राष्ट्रपतिका रुपमा दुबै सदनको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्दै ट्रम्पले डेमोक्रेटसँग मिलेर काम गर्न तयार रहेको बताए ।

‘स्टेट अफ द युनियन’ भनिने सम्बोधनमा उनले अमेरिकालाई फेरि महान बनाउन अग्रसर रहेको बताए । साथै बन्दीगृह ‘ग्वान्टानामो बे’लाई कायमै राखिने समेत उनले बताए । राष्ट्रपति बाराक ओबामाले विवादास्पद ‘ग्वान्टानामो बे’ बन्द गर्ने घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !