बेइजिङ । चीन सरकारका स्वास्थ्य अधिकारीहरुले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरहरुका रुपमा विभाजन गरिएको जनाएका छन् । सो कुराको जानकारी बेइजिङका अधिकारीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर दिएका प्राप्त समाचारमा जनाइएको छ ।
मंगलबार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ ।
मानिसका ठूलो बस्ती रहेका यहाँका अरु नगरहरु भने यसअघि नै कम जोखिमयुक्त बस्ती तथा नगरका रुपमा लिइएको छ । यहाँका अधिकारीहरुले नागरिकको बस्ती तथा नगरको घनत्व पनि हेरेर त्यहाँ महामारीको के कस्तो अवस्था छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् ।
यदि उच्च जोखिमयुक्त अवस्थामा ती बस्ती र नगर रहेको अवस्थामा भने सफा गर्ने, स्यानिटाइज गर्ने र नागरिकहरुलाई सतर्क रहन आग्रह गर्ने गरिएको छ ।