९ आश्विन २०८१, बुधबार

रुसमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी


रुसमा भए ७ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित virus around Russia

मस्को । रुसमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ । गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एक दिनमा कूल सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमितको सङ्ख्या भने एक हजार ७२८ रहेको पनि अधिकारीहरूले जनाएका छन् ।

यसअघि मस्कोमा मात्रै एक दिनमा दुई हजार २८ जना सङ्क्रमित भएका छन् । यस तथ्याङ्कअनुसार मस्कोमा पनि दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा रुसमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनभने त्योभन्दा केही धेरै ४३२ जनाको मृत्यु भएको थियो ।

कोरोनाका कारण रुसमा अहिलेसम्म कूल ७७ हजार ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !