१२ आश्विन २०८१, शनिबार

अमेरिकाको ओलम्पिक जिम्नान्स्टिकका डाक्टरलाई यौन शोषण गर्ने अभियोगमा जेल सजाय


americi doctor lairi nassar

एजेन्सी, ११ माघ । अमेरिकामा एक खेल डाक्टरलाई १७५ वर्षको जेल सजाय सुनाइएको छ । अमेरिकाको ओलम्पिक जिम्नान्स्टिक टिमका पूर्व डाक्टर लैरी नस्सारले खेलाडीहरुमाथि यौन हिंसा गरेको अभियोगमा उच्च अदालतले दोषी ठहर गरेको थियो ।

नस्सारलाई सजाय सुनाउनु पहिले अदालतले १६० पीडितहरुको बयान सुनेको थियो । त्यसपछि नस्सारले उक्त अपराधका लागि अदालतसमक्ष सफाइका लागि अपील गरेका थिए । तर, अदलतका न्यायाधीशले माफी खारेज गरे ।

अदालतले नस्सारको अपराध माफी दिन लायक नभएको र बाँकी जीवन जेलमा बिताउनु भन्दै १७५ वर्षको जेल सजाय तोकेको थियो । नस्सारले ओलम्पिक खेलाडी र बालिकाहरुको यौन शोषण गरेको पुष्टी भएको थियो । यो सुनुवाइ एक हप्ता चलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !