१२ आश्विन २०८१, शनिबार

कीर्तिमानी पौडीवाज फ्लेप्सले गरेका थिए आत्महत्या प्रयास


poudiwaj

एजेन्सी, १० माघ । विश्व खेलकुदका महान मानवको सुचिमा सुचिकृत कीर्तिमानी अमेरिकन पौडिवाज माइकल फ्लेप्सले सनसनिपुर्ण खुलासा गरेका छन् । फेल्प्सले २०१२ को ओलम्पिकपछि आत्महत्यानजिक पुगेको बताएका छन् ।

२३ पटक ओलम्पिक गोल्डमेडल जितेका फ्लेप्सले शिकागोमा एक कार्यक्रममा आफू ठूलो डिप्रेसनको शिकार भएको बताएका छन । उनले यो ठूलो समस्याबाट कसरी मुक्त भएर बाहिर आए भन्ने पनि उल्लेख गरेका छन् ।

३२ वर्षीय फ्लेप्सले भनेका छन् ‘म हरेक ओलम्पिकपछि डिप्रेसनमा पर्थे । २०१२ को लन्डन ओलम्पिकमा चार गोल्ड र दुई सिल्भर जितेपछि म निकै ठूलो डिप्रेसनमा पुगेको थिएँ । चार दिनसम्म कोठामानै केही नखाइ र ननिदाएरै गुजारे । अब अगाडिका कुनै पनि प्रतियोगिता नखेल्ने निर्णयमा पुगेको थिएँ । र, बाँच्ने इच्छा पनि अन्त्य भएको थियो ।’ फ्लेप्सले दुई वर्षअघि आफू डिप्रेसनमा रहेको बताएका थिए । फेरि उनले यो विषयमा चर्चा गर्दै १७ वर्षदेखि डिप्रेसन र तनाव उनको जीवनको हिस्सा भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !