१२ आश्विन २०८१, शनिबार

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ


iritiya

एजेन्सी
५ माघ, संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । साथै यहाँका महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइएको छ । यदि कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाएमा जन्मकैद सम्मको सजाय हुन सक्छ ।

संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानुन बनाइएको हो । यसवाट बहुविवाह गर्ने पुरुषहरुको संख्या बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !