३० कार्तिक २०८१, शुक्रबार

अमेरिकाको अलास्कामा भूकम्प


भूकम्प

वासिङ्टन । अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।
यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन । भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !