९ असार २०८१, आइतबार

प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित


गणेशमाया प्रजापति

बेल्ग्रेड । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । गत शनिबार उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।

उहाँलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उहाँ दश दिनका लागि सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो ।

तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ ।

उहाँले घरबाटै आफ्ना कामहरु गरिरहनुभएको पनि अधिकारीहरुले बताएका छन् । उहाँले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गर्नुभएको उहाँका सहयोगीहरूले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !