२६ पुस, काठमाडौं । कतार एयरलाइन्सलाई अवार्ड हात पार्नका लागि सहयोगी बनेको क्युसिटले अब अमेरिकामा पनि उडान थालेको छ । जनवरी ६ मा वासिङ्गटन डुल्स एयरपोर्टमा ल्यान्ड गरेको कतार एयरवेजले जानकारी दिएको छ ।
सर्वप्रथम यो बिमानलाई लन्डनको हेथ्रु बिमानस्थलमा ओरालेको थियो । त्यसपछि पेरीसको चाल्र्स दि गउले एयरपोर्टमा ल्यान्ड गराइएको थियो । साथै भर्खरै अमेरीकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थलमा पनि ल्यान्ड गरिएको थियो ।