१२ असार २०८१, बुधबार

बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, ६ हजारभन्दा बढीको मृत्यु


बङ्गलादेश कोरोना संक्रमित

ढाका । बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् ।

यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन् । बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन् ।यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन् । बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ ।बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन् ।

अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !