५ आश्विन २०८१, शनिबार

भियना आतंककारी हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द गरिने


भियना आतंककारी हमला

भियना, २२ कात्तिक । अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ ।

एक मन्त्रालयका प्रवक्ताले छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री सुसान राबको साथ एक पत्रकार सम्मेलनमा थप विवरण दिने जानकारी दिनुभएको अल जजीराले उल्लेख गरेको छ ।

गत सोमबार भएको आतङ्ककारी आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । उक्त आक्रमणलाई अस्ट्रियामा यो दशकमा नै भएको पहिलो ठूलो आतंकवादी हमला भनिएको छ ।

भियना आक्रमणमा गोलीबारी गर्ने व्यक्ति २० वर्षका अस्ट्रियाका नागरिक कुज्टिम फेजुलेई भएको र उनी प्रहरीको प्रत्याक्रमणमा मारिएका अल जजीराले बताएको छ ।

अस्ट्रियाका अधिकारीहरूको एक विज्ञप्तिमा भनिएको छ “सम्बन्धित अधिकारीहरूसँगको छलफलपछि हामी एउटा मस्जिद बन्द गर्दैछौं“ किनकि यसले राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ ।”

फेज्जुलेई इस्लामिक स्टेटमा सम्मिलित हुन सिरिया गएका र उनी डिसेम्बरमा जेलबाट छुटेका थिए । जेलबाट छुटेदेखि उनले बारम्बार दुईवटा मस्जिदको भ्रमण गरेका थिए । ती दुई मस्जिदहरू भियनाको पश्चिमी सहरमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !