२० पुस २०८१, शनिबार

फ्रान्समा एकै दिनमा अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढी व्यक्तिमा कोभिड-१९ पुष्टि


फ्रान्समा कोरोना

पेरिस, फ्रान्स, २२ कात्तिक । फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोना भाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ ।

फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड-१९ सङ्क्रमणको अवस्था जटिल बन्दै गएको छ । शुक्रबार पनि फ्रान्समा ५८ हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

यूरोपेली यस मुलुकमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ लाख पुगेको छ भने ३९ हजार ८०० व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले यसै वर्षको मार्च ११ मा कोभिड–१९ ले विश्वव्यापी महामारीको प लिएको बताएकमो थियो ।

शनिबारसम्म विश्वमा चार करोड ९१ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने यसका कारण १२ लाख ४० हजार व्यक्तिको मृच्यु भइसकेको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !