१३ असार २०८१, बिहिबार

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छ : ट्रम्प


रिपब्लीकन पार्टीको भेला स्थगित President Donald Trump speaks during a news conference at the White House, Thursday, July 23, 2020, in Washington. (AP Photo/Evan Vucci)

वासिङ्टन, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाद अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराउनुभएको हो ।

उहाँले भन्नुभयो, “अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो सङ्ख्यामा त्यहाँ रहेको र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ ।”

एक दिन पहिले राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले अफगानिस्तानमा करिब पाँच हजार अमेरिकी सेना मात्र रहेको र सन् २०२१ को सुरुसम्ममा यो सङ्ख्यालाई दुई हजार पाँच सयमा झार्ने योजना सरकारको रहेको बताउनुभएको थियो ।

तालिवान लडाकू र उनीहरूका परिवारका सदस्य र अफगानी सुरक्षा फौज, अमेरिकी सेना र अफगानी सर्वसाधारणसहित गरी अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेपछि अहिलेसम्म एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क रहेको छ ।

अमेरिकी सेनालाई फिर्ता गर्ने बिषयमा तालिवान, अमेरिकी सरकार र अफगानी सरकारबीच सहमति बनिसकेको छ । ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्ने बिषयलाई अमेरिकी राष्ट्रपतिय निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्ने एउटा गतिलो एजेन्डाका रूपमा लिएको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !