११ मंसिर २०८१, मंगलबार

भारतले सन् २०२५ सम्म क्षयरोगको संक्रमण अन्त्य गर्ने


यशोवर्धन

न्युयोर्क, ८ असोज । भारतले आगामी सन् २०२५ सम्ममा क्षयरोगको संक्रमणको अन्त्य गर्ने जानकारी भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले दिनुभएको छ । भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले यशोवर्धनले बुधबार सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले विश्व स्वास्थ्य संगठनका स्वास्थ्यमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिनुभएको हो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा क्षयरोगको संक्रमणको अन्त्य गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले सो सम्बोधनमा भन्नुभयो भारत र अरु देशहरुमा पनि क्षयरोग एक प्रमुख स्वास्थ्य चुनौतीका रुपमा रहेको भन्दै यो संक्रमणको नियन्त्रणका कार्यक्रमलाई भारत सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !