२० असार २०८१, बिहिबार

नैतिकताको सर्वोत्तम उदाहरण : ‘ड्यूटी’ पूरा गर्न नसकेको भन्दै जापानी प्रधानमन्त्रीले दिए राजीनामा


सिन्जो आबे

टोकियो, भदौ १२ । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका छन् । जापानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बनेका ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।

स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना भएका थिए । शुक्रबार पत्रकार सम्मेलन मार्फत उनले आफ्नो कार्यकालको एक वर्ष अवधि हुँदा हुँदै पनि उनले राजीनामा दिएका हुन् । यस्तै उनले जिम्मेवारी पूरा गर्न नसकेकोमा जापानी जनतासँग माफी माग्न चाहेको समेत बताएका छन् ।

आबे पछिल्लो समय ‘कोलाइटिस’को स्वास्थ्य समस्यासँग जुध्दै आएका छन् । २००७ मा पनि आबेले यसैगरी स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएका थिए । तर २०१२ मा फेरि निर्वाचिन भएका हुन् । यद्यपि उनी सफल प्रधानमन्त्रीको रुपमा चिनिन्छन् ।

जापानका सफल प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै आफ्नो ‘ड्यूटी’ पूरा गर्न नसकेकोमा जनतासँग माफी माग्‍दै राजीनामा दिई नैतिकताको सर्वोत्तम उदाहरण प्रस्तुत गरेका छन् । यसबाट नेपालका राजनीतिज्ञहरुले पनि पाठ सिक्न जरुरी भई सकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !