मस्को, भदौ ७ । रुसले अर्को कोरोना भाइरसबिरुद्ध खोप विकसित गर्न सफलता प्राप्त गरेको छ । यो एपीभ्याककोरोना खोपमा पहिलाको जस्तो कुनै साइड इफेक्ट नहुने बताइएको छ ।
यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुटनिक भी नामको कोरोना भाइरस खोप बनाउनु घोषणा गरेको थियो । यद्यपी यस खोपको कयौं साइड इफेक्टलाई लिएर रुसको कडा आलोचना भएको थियो ।
रुसले यो नयाँ खोपको नाम एपीभ्याककोरोना दिएको छ । यस खोपलाई पनि विज्ञहरुबाट आसंका उठाउन सकिने बताइएको छ । यसअघि विश्वस्वास्थ्य संगठनले कुनै पनि कोरोना खोप सन् २०२१ अघि आउन नसक्ने बताएको थियो ।
रुसले एपीभ्याककोरोना खोपको निर्माण साइबेरियामा सोभियत संघ कालिन एक पुर्व अति गोप्य जैविक हतियार केन्द्रमा गरिरहेको छ । रुसको यो नयाँ कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरमा पुरा भएको वैज्ञानिकहरुले बताएका छन् ।
जसमा ५७ जनामा यो खोप दिइएको थियो र उनीहरुमा कुनै साइड इफेक्ट देखिएको थिएन । सबै स्वयंसेवकहरुले राम्रो महसुस गरिरहेको उनीहरुले बताए । उनीहरुलाई २३ दिन सम्म अस्पतालमा राखिएको थियो ता कि उनीहरुको परीक्षण गर्न सकुन् ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पनि रुससँग खोपको आवश्यक डाटा तथा प्रमाण माग गरेको थियो । विशेषज्ञका अनुसार जबसम्म तेस्रो चरणको डाटामा काम हुँदैन खोप सुरक्षित मान्न सकिँदैन । यसबीच रुसले २० देशबाट ठुलो परिमाणमा अर्डर प्राप्त भइसकेको जनाएको छ ।