३० कार्तिक २०८१, शुक्रबार

भारतमा १६ दिनमा २० लाख थपिए कोरोना संक्रमित


भारतमा कोरोना भाइरस

नयाँ दिल्ली, ७ भदौ । कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ ।

भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ । बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरु अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार ५६६ जना सङ्क्रमणमुक्त भइसकेका हुन् । पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना सङ्क्रमित भएका छन् भने ९१२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या ५६ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट सङ्क्रमित भएकामध्ये १.८६ प्रतिशतको मृत्यु भएको देखिएको छ ।

भारतमा अहिलेपनि सात लाख सात हजार ६६८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !