३० कार्तिक २०८१, शुक्रबार

चीनको युनान पुग्यो सलह


सलह

कुनमिङ, २० साउन । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।

मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ ।

स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।

विज्ञहरुको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !