३० कार्तिक २०८१, शुक्रबार

बेइजिङमा थपिएनन् नयाँ संक्रमित, देशभरी १६ जना मात्र भेटिए


बेइजिङमा थपिएनन् नयाँ संक्रमित, देशभरी १६ जना मात्र भेटिए

बेइजिङ्, ४ असार । चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !