११ असार २०८१, मंगलबार

कोभिड-१९ महामारीका कारण दक्षिण अफ्रिकामा कम्तीमा १ लाख व्यवसाय बन्द हुने अवस्थामा


दक्षिण अफ्रिका

जोहानेसवर्ग, १३ असार । कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको अर्थशास्त्रीहरूले बताएका छन् ।

दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण खासगरी दक्षिण अफ्रिकाका करिब एक लाख साना, मझौला तथा सुक्ष्म खालका व्यवसायहरू धराशायी भएका बताउनुभएको छ ।

हामी कोभिड–१९ का कारण बन्द हुने अवस्थामा पुगेका उल्लेख्य व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको उहाँले सिन्ह्वासँगको कुराकानीमा बताउनुभयो । यसका कारण अफ्रिकी यस मुलुकमा कम्तीमा २० लाख रोजगार गुम्ने खतरा रहेको उहाँको भनाइ थियो ।

सरकारद्वारा उपलब्ध गराइएको कर छुट तथा राहत रकमले हजारौँ व्यवसायलाई बचाउँन सम्भव नभएको उहाँले बताउनुभयो ।

“अर्थतन्त्र महामारीभन्दा पहिल्यै सङ्कटमा रहेको थियो र महामारीका कारण यसलाई थप सङ्कटमा पु¥याएको छ,” उहाँले थप्नुभयो ।

रूड्टले भन्नुभयो, “सरकारको कर छुट तथा ाहतको योजनाले केही कम्पनीहरूलाई राहत दिने देखिएपनि अधिकांश स्थायीरूपमा बन्द हुने जोखिममा रहेका छन् ।”

दक्षिण अफ्रिकाको साना व्यवसाय विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ । महामारीको प्रभावका कारण साना तथा मझौला व्यवसायलाई बचाउनलाई निकै कठिन भएको कुरामा कुनै शङ्का छैन ।

व्यवसाय क्षेत्रमा यति गम्भीर नकारात्मक प्रभाव देखिएको छ कि करिब ९२ प्रतिशत कम्पनी तथा फर्महरूले यही अवस्थामा अब सुधार गर्न सम्भव हुने छैन । यसका लागि विश्व समुदायको ध्यान जान जरूरी रहेको छ ।

विभागले गरेको एक अध्ययन प्रतिवेदनमा करिब ७१ प्रतिशत व्यवसायीसँग व्यवसायलाई पुनः सञ्चालन गर्ने थोरै पनि नगद नभएको देखिएको छ । त्यसैले व्यवसायलाई दीर्घकालीन हिसावले छाटकाँट गरी अघि बढ्नुको कुनै विकल्प नरहेको अर्थशास्त्रीहरूको धारणा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !