१२ असार २०८१, बुधबार

प्रधानमन्त्री मोदीले ‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान’ को शुरुवात गर्ने


नरेन्द्र मोदी

नयाँ दिल्ली, १२ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले शुरु गर्न लागेको विशेष रोजगार कार्यक्रम ‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान’ आयोजनाको शुक्रबार उद्घाटन गर्नुहुने भएको छ ।

भारतको उत्तर प्रदेश सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका लाखौँ बेरोजगार व्यक्तिलाई लक्ष्य गरेर उनीहरुलाई रोजगारी दिने योजनाअनुरुप शुरु गर्न लागेको हो । ‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान नाम दिइएको यस विशेष रोजगार आयोजना खासगरी कोभिड १९ का कारण उत्तर प्रदेश राज्यमा हालै घर फर्किएर आएका करिब ३० लाख युवालाई लक्ष्य गरिएको छ ।

उनीहरुलाई रोजगारी दिनेगरी यो अभियान शुरु गर्न लागिएको बताइएको छ । शुक्रबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लाग्नुभएको जनाइएको छ ।

तर उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनेर भारत सरकारले शुरु गर्न लागेको भनिएको यस आयोजनाको प्रचारको भने भारतका विभिन्न विपक्षी राजनीतिक दलहरुले विश्वास गरेका छैनन् । यसअघि पनि भारतको सरकारले यही जुन २० यस्तै लाखौँ व्यक्तिलाई रोजगारी दिने भन्दै यस्तै विशेष रोजगार कार्यक्रमको शुरुवात गरेको थियो ।

भारतको सरकारले यसैगरी भारतका विभिन्न राज्यहरुमा कोभिड १९ का कारण विदेश तथा स्वदेशका विभिन्न आयोजनाबाट घर फर्किएर आएका बेरोजगार नागरिकका लागि यस्तै विशेष रोजगार तथा आत्मनिर्भर कार्यक्रमहरु सञ्चालनमा ल्याएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !