१२ असार २०८१, बुधबार

पोखराको पृथ्वीचोकमा शालिक राख्नुपर्ने भए पृथ्वीनारायण शाहको शालिक नै राख्नुपर्ने माग


असोज २४, पोखरा |

राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नेपाललाई हिन्दुराष्ट्र बनाउन माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पेश गरेको छ । पार्टी कार्यालय नयाँबजारबाट शुरु भएको नेता कार्यकर्तासहितको जुलुसले पृथ्वीचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेको हो । राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनद्वारा हस्तक्षरित ज्ञापनपत्रमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने आम नेपाली जनताको चाहना र भावना नयाँ संविधानमा समेटिन नसकेकोले हिन्दुराष्ट्र पुनस्र्थापनाको निमित्त देशव्यापी रुपमा जनस्तरबाट आवाज उठिरहेको, हिन्दु राष्ट्र कायम गर्न राप्रपाले संसदमा संविधान संशोधन समेत दर्ता गरेको तर त्यसतर्फ संसद र प्रमुख राजनीतिक दलहरुले कुनै चासो नेखाएको तथा उक्त विधेयकलाई छलफलमा समेत नल्याइएको बताइएको छ ।

ज्ञापनपत्रमा धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र संगठित रुपले लोभलालच, आस र भ्रम सिर्जना गरेर लाखौ नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेकोले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको तथा सदियौदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिई देशमा धार्मिक द्वन्द बढ्ने सम्भावना बढेकोले नेपालाई हिन्दुराष्ट्र कायम गर्न ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । साथै पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्मार्ता पृथ्वीनारायण शाहको शालिक रहेकोमा उच्छृंखल तत्वहरुबाट तोडफोड गरी हटाइएको र सोही ठाउँमा लखन थापाको शालिक राखिएकोमा पोखराको सडक चापलाई न्यूनिकरण गर्न विभिन्न स्थान लगायत उक्त ठाउँको पनि शालिक भत्काइको र हाल आएर उक्त स्थानमा लखन थापाको नै सालिक राख्ने दवाव सृजना गरिएकोमा समेत आपत्ति प्रकट गरिएको छ ।

यदि सो आइल्याण्ड सानो बनाई शालिक नै राख्ने भएमा विगत समयदेखि सोही ठाउँमा रहेको नेपाल राष्ट्रका निर्माता, नेपाल एकीकरणका अभियन्ता, राष्ट्रका राष्ट्रिय विभूति श्री ५ पृथ्वीनारायण शाहको नै शालिक राखिनु पर्दछ भन्ने आम राष्ट्रवादी देशभक्त, प्रजातन्त्रवादी महानुभावहरुको समेत दवाव रहेको हुँदा सम्मान स्वरुप राष्ट्रिय विभूतिको रुपमा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक रहनु पर्दछ भन्ने विभिन्न संघसंस्थाहरुको आवाजलाई समेत मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की जोडदार माग गरिएको छ । राष्ट्रिय विभूति र शहिदहरुको शालिक राख्न खोजिएको हो भने कुनै पार्क वा संग्रहालयको खोजी एवं निर्माण गरी सोही ठाउँमा लखन थापाको शालिक पनि राख्ने व्यवस्था गर्न माग गरिएको छ । अन्यथा जुनसुकै कदम चाल्न समेत तयार रहने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी जिम्मेवार निकायले लिनुपर्ने चेतावनी दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सर्वदलीय बैठक बसी उक्त बैठकको निर्णय अनुसार नै कार्य गर्ने बताउनुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !