८ पुस २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या २९५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित


कोरोना पोजेटिभ

४ जेठ, काठमाडौं । नेपालमा आज राती कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार राती सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा २ जना र धनकुटाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।  मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् ।

जस अनुसार मोरङको विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन् भने धनकुटाका ३४ बर्षकी महिलामा आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २९२ थियो भने आज थप ३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । अहिलेसम्म नेपालमा २ जनाको कोरोना भाइरसवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

आज फेरि देखियो १ जनामा कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या पुग्यो २९२

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !