११ बैशाख २०८१, मंगलबार

म्यानमार भूकम्पको झड्का काठमाडौंसम्म


myanmar earthquake

बुधबार साँझ म्यानमारमा ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले काठमाडौं र पूर्वी नेपाल केहीबेर हल्लायो । भूकम्पको कम्पन काठमाडोंमा ८ सेकेन्डसम्म महसुस भएको छ ।

देशका पूर्वी सहर विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड, पशुपतिनगर, इलाममा भूकम्प राम्ररी महसुस गरिएको छ । उत्तरपूर्वी भारतका गुहावटी, झारखण्ड, उडिसा, आसाम, दार्जिलिङ, सिक्किम, डुवर्सलगायत सहरमा पनि भूकम्पको झड्का जोडसँग महसुस गरिएको छ ।

भूकम्पबाट केकति मानवीय तथा भौतिक क्षति पुग्यो भन्ने खबर प्राप्त भइसकेको छैन । नेपाली समयनुसार साँझ ७ः४०मा गएको  भूकम्पको केन्द्र बर्माको पश्चिममध्यवर्ति सहर म्यान्डले आसपास रहेको अमेरिकी भूगर्भ अनुसन्धान संस्था (यूएसजिएस) ले जनाएको छ । भूकम्पको गहिराइ १३४ किमी तल छ ।

यूएसजिएसले भूकम्प ७.० रेक्टर स्केलको रहेको उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !