२२ चैत, काठमाडौं । केहि बिकसित देशका डाक्टरहरु र वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड-१९) को भ्याक्सिन पत्ता लगाएको दावी गरी रहेपनि विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कसैको पनि दावीलाई मान्यता भने दिएको छैन । अझैसम्म यस्तो दावी गरेका डाक्टरहरु र वैज्ञानिकहरुले पत्ता लागेको भ्याक्सिन मानिसमा परिक्षण गरेर सफल उपचार पनि भएको स्थिति छैन ।
यसै क्रममा अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले कोरोना भाइरस विरुद्धको सम्भावित भ्याक्सिन पत्ता लगाएको दावी गरेका छन् । उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्ति मार्फत २१ जनवरीदेखि नै भ्याक्सिनको विकास सुरु गरिएको जानकारी दिएका हुन् ।
यो खोप सुरुमा मुसामा परीक्षण गरिएको २ सातामा भ्याक्सिनको प्रभावले मुसामा भाइरसविरुद्ध एन्टिविडिज विकास भएको बताइएको छ । यो भ्याक्सिन कोरोना भाइरसका लागि निकै प्रभावकारी हुने र यो भ्याक्सिन लिँदा कुनै पीडा नहुने शोधकर्ताहरुले बताएका छन् ।
उनीहरुका अनुसार सार्स र मार्स भाइरस पनि कोभिड-१९ सँग निकै मिल्दाजुल्दा भएको अनुभवले अहिले यो भ्याक्सिन बनाउन आफूहरुलाई मार्गनिर्देश गरेको उनीहरुको भनाइ भएतापनि विशेषज्ञहरुले यो भ्याक्सिन बजारमा उपलब्ध हुन १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताएका छन् ।
थप जानकारीको लागि यो लिंक हेर्नुहोला
Potential coronavirus vaccine candidate developed by University of Pittsburgh scientists