७ पुस २०८१, आइतबार

नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने


होउ यान्छी

फागुन २८, काठमाडौं । नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनएको छ । मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताएकी हुन् ।

त्यस्तै, उनले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वशतर्कता र तयारीको प्रशंसासमेत गरिन् । भेटमा मन्त्री भट्टराईले कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि नेपालले सबै तयारी गरिरहेका जानकारी दिए ।

राजदूत यान्छीले कोरोना भाइरसबाट संक्रमित ८० हजार नौ सय बिरामी मध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी भेटमा दिएकी थिइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !