११ श्रावण २०८१, शुक्रबार

नँया आईजीपीको टुङ्गै लागेन, खनाल आजवाट विदा


शैलेन्द्र खनाल

२७ माघ, काठमाडौं । आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण २९ माघमा अवकाश पाउँदैछन् । आईजीपी खनालको अवकाश पाउने भएपछि नँया आईजीपी नियुक्तिका लागि आज बसेको मन्त्रिपरिषद्को बैठकले पनि नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन । स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ ।

खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !