१३ माघ, काठमाडौं । सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएपछि पक्राउ पुर्जी जारी गरेको केहि दिनपछि आज प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन् । उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ प्रहरीले उनीसँग सोधपुछ गरेको छ र अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराउँदैछ ।