१६ असार २०८१, आइतबार

भूकम्पले डामेका भवन अलपत्र


महाभूकम्प गएको वर्षदिन पुग्दैछ, नयाँ साल वैशाख १२ मा । भूकम्पमा दशहजार मानिसको ज्यान गयो, २५ हजार घाइते भए र खर्बौंको भौतिक सम्पत्ति क्षति भयो । भुकम्प जान छोडेको छैन, पछिल्लोपटक ललितपुर केन्द्र भएर ४.५ रेक्टर स्केलमा धर्ती काम्यो । हालसम्म झण्डै पाँचसय पटक गइसकेको छ भूकम्प ।

भवन निर्माण आचारसंहिता कमैले पालना गरेका छन् । ठाउँ, माटोको अनुकूलता, इन्जिनियरिङ र नक्शाको लेखाजोखाबिनै घवन निर्माण गरिनाले वैशाख १२ को भूकम्पले ठूलो असर गर्यो ।

भूकम्पलगत्तै सरकारले हरियो र रातो स्टिकर टाँस्ने व्यवस्था गरेको थियो । भूकम्पको झड्कामा हल्लिएर कुनै पनि बेला ढल्नसक्ने घरलाई रातो र कुनै क्षति नभएको घर तथा भवनमा हरियो स्टिकर टाँसियो । मर्मत गरेर प्रयोग गर्न मिल्ने भवनलाई पहेंलो स्टिकर थियो । पहुँच पुर्याउनेले जोखिमयुक्त घरमा पनि रातो स्टिकर लगाउन दिएनन् न पहेंलो टाँसे, हरियो नै लगाइयो ।

अझै मानिसहरु सचेत हुन सकिरहेका छैनन्, भूकम्पीय सुरक्षामा । अग्ला संरचना बनाउने होड रोकिएको छैन । राजधानीमै नौतले बनाउन स्वीकृति लिएर अठारतलेसम्म भवन बनाइयो । योक्रम भूईंचालो गएको वर्षदिनसम्म पनि जारी नै छ । हामीले चेत्नेचैं कैले हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !