१४ असार २०८१, शुक्रबार

बांग्लादेशमा शक्तिशाली समुद्री,आँधी १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने


bangladesh

बांग्लादेशको दक्षिण-पूर्वी तटीय क्षेत्रमा भारी वर्षा र हावाहुरीसहित मोरा नामक शक्तिशाली समुद्री आँधी प्रवेश गरेको अधिकारीहरुले बताएका छन्।

प्रतिघण्टा ११७ किलोमिटरको गतिमा उक्त शक्तिशाली आँधी कक्स बजार र चित्तगोङ्ग शहरको बीचमा पर्ने क्षेत्रमा यसअघि नै प्रवेश गरेको थियो।

जल तथा मौसम विभागका अनुसार कम्तीमा १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

आँधीका कारण भारत र म्यानमारका केही क्षेत्र पनि प्रभावित हुने अनुमान गरिएको छ।
खतरा

सोमबार राति हजारौं मानिसलाई विद्यालय तथा सरकारी भवनमा आश्रय दिइएको छ।

माछा मार्ने डुंगासहित अन्य डुंगालाई पनि तयारी अवस्थामा राख्न भनिएको अधिकारीहरुले बताएका छन्।

यसअघि दक्षिण-पूर्वी बन्दरगाह शहरहरुलाई उच्चतम् खतराको संकेत अर्थात् १० औं तह देखाउन निर्देशन दिइएको थियो।

अझ पश्चिमतिरका बन्दरगाह क्षेत्रमा खतरको तह ८ कायम गरिएको छ।
प्रभावित

श्रीलंकामा बाढी तथा पहिरो निम्त्याउने गरी भएको भारी वर्षापछि समुन्द्री आँधी शुरु भएको हो।

त्यहाँ बाढी तथा पहिरोका कारण कम्तीमा १८० जना मानिसको ज्यान गइसकेको छ।

१४ वर्षयताकै ठूलो बाढीका कारण त्यहाँ ५ लाखभान्दा बढी मानिस प्रभावित भएका छन्।

एक सयभन्दा बढी मानिस अझै हराइरहेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !