१४ असार २०८१, शुक्रबार

अर्थमन्त्री महरा अार्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत हुँदै


budget-074-075

काठमाडौं- अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गरिरहेका छन्। आज नै बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो। संविधानमा प्रत्येक वर्ष बजेट सार्वजनिक गर्ने दिन जेठ १५ तोकिएको छ।

मुलुकमा संघीय संरचना कायम भएपछिको यो पहिलो बजेट भएकाले यसलाई चासो र चर्चाको रूपमा हेरिएको छ। राष्ट्रिय योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ६ अर्ब रुपैयाँ सीमा तोकेर बजेट बनाउन निर्देशन दिएको छ। अर्थमन्त्री महराले यही सीमाभित्र रहेर बजेट बनाएका छन्।

बजेटमा एउटा गाउँपालिकालाई कम्तिमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्रालय स्रोतका अनुसार, तीन मापदण्डका आधारमा बजेट विनियोजन गरिएको छ। सरकारले जनसंख्या, भूगोल र विगतको विकास खर्चको प्रवृतिलार्इ आधार बनाएर स्थानीय तहमा बजेट विनियोजन गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !