१२ आश्विन २०८१, शनिबार

प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्चको आदेश


सुशीला कार्की

काठमाडौंः सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्काउन शुक्रबार अन्तरिम आदेश दिएको छ।

न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्काउन सरकार र संसदका नाममा अन्तरिम आदेश दिएको हो। शुक्रबार नै संसदमा कार्कीबिरुद्धको महाअभियाेग प्रस्ताव टेबल गर्ने सत्तापक्षको प्रयास विपक्षी अवराेधका कारण सम्भव हुन सकेको थिएन।

रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै दायर रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश राणाले यस्तो अन्तरिम आदेश दिनु भएको हो। न्यायाधीश राणाको इजलाशले आजैका मितिदेखि प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत् अवस्थामा सर्वोच्च अदालतको काममा फर्काउन अन्तरिम आदेशसमेत दिएको छ।

महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा अन्तरिम आदेश जारी गरेको छ।

यसअघि सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश काकीविरुद्ध गत आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !