५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्रीकै ट्वीटर असुरक्षित भएपछि गम्भीर अनुसन्धान सुरु


प्रधानमन्त्री केपी शर्मा ओली

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो ।

घटना सम्बन्धमा नेपाल प्रहरीअन्तरगतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार बिहान ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण डाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल प्रधानमन्त्री बाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले चलाउँछन् ।

त्यसबाहेक ट्वीटरको पासवर्ड प्रमुख सल्लाहकार विष्ण रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ । उनीहरुबाट ट्वीटर दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छैन । तर, प्रहरीको अनुसन्धानले सचिवालयभित्रकै उक आइफोनबाट ट्वीटर दुरुपयोग भएको देखाएको छ । नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !