११ श्रावण २०८१, शुक्रबार

भिरभिरै लापु पुगेर रमाईरहेछन् ह्यारी


लापु (गोरखा)-बिहीवार देखि बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापुमा छन्। तर लापु पुग्न त्यती सहज छैन। सदरमुकामबाट २० कोषको दुरीमा रहेको लापु पुग्न गाडी पुग्ने अन्तिम ठाउँ थुमीको सोतीबाट करिब तीन घण्टा पैदल हिँड्नुपर्छ त्यो पनि भिरको बाटो पहराको ढुङ्गा समाउँदै।

ह्यारी त्यहाँ कुनै हेलिकप्टरबाट गएनन्। जसरी आम लापुबासी आफ्नो घर-बजार गर्छन् त्यसरीनै ह्यारी पनि त्यहाँ पुगे।
लापु जानेबाटो एकोहोरो मात्रै हिड्न मिल्ने खालको छ। कतिपय ठाउँ यस्तो छ जहाँ दायाँबाट खच्चड आयो भने बायाँबाट आएको मानिस फर्कनुपर्छ । ठूला ठूला पहाडकोबीचमा खोपेर बनाएको बाटो, तलतिर भिरमुनी बुढीगण्डकी सुसाईरहेको छ। उक्तबाटो हुँदै ह्यारी लापु पुगेर रमाईरहेका छन् । पहाड मुनी खोँचमा रहेको लापुबेसीको चिसो हावापानीमा ह्यारी झुमेका छन् । बेलायतको राजकुमार गाउँ आएर लघुजलविद्युत र विद्यालय बनाएको भन्ने थाहा पाएपछि स्थानीय पनि खुसी देखिन्छन् । अहिले ह्यारी मजदुरी गर्दै रमाएर लापुबेसी बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !