१६ असार २०८१, आइतबार

केरलाको पुत्तिङ्गल मन्दिरमा आगलागी १०२को मृत्यु २०० बढी घाइते


fire in temple fire in temple

भारतको केरलास्थित पारावुरमा रहेको पुत्तिङगल देवी मन्दिरमा भएको आगलागी परी मृत्यु हुनेको संख्या १०२ पुगेको छ।

कोल्लमबाट २५ किलोमिटर दूरीमा रहेको पारावुरस्थित पुत्तिङ्गल देवी मन्दिरमा स्थानीय समय अनुसार आइतबार विहान ४ बजे आतिशबादीको उत्सव चलिरहेका बेला मन्दिरमा आगलागी भएको हो। आगलागीमा परी अहिलेसम्म १०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आगलागीमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार मन्दिर परिसरमा उत्सव चहिरहेका बेला आगलागी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ। आलगामीमा परी घाइते भएकाहरुलाई नजिकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। विहान ४ बजेवाट सुरु भएको आगलागी झन्डै तीन घन्टापछि ७ बजे नियन्त्रणमा आएको थियो।
घटना लगतै केरलाका मुख्य मन्त्री ओमन चाण्डी र गृहमन्त्री रमेश चेन्नीथाला पुगेका थिए। घटनापछि मूख्यमन्त्री चान्डीले आइतबारका लागि तय गरिएका सबै कार्यक्रम स्थगित गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन्। ट्वीटरमा ट्वीट गर्दै मोदीले आफू घटनाबारे बुझ्न आफू कोल्लम आउन लागेको बताएका छन्।
यसैबीच प्रधानमन्त्री मोदी अागलागीमा परी ज्यान गुमाएका परिवारलार्इ २ लाख र घाइते भएकाहरुलार्इ ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्। यस्तै बीजेपीका अध्यक्ष अमित शाहले आइतबार केरलामा निकाल्ने तय गरेको आफ्नो चुनावी र्याली पनि रद्द गरेका छन्।

यस्तै स्वास्थ्य मन्त्री बीएस शिवकुमारले आगलागीमा परी घाइते भएकाहरुको उपचारका लागि त्रिवेन्द्रम मेडिकल कलेज र कोल्लम जनरल अस्पतालमा व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री चान्डीले दिए न्यायिक छानविनको आदेश
उनले पीडितका लागि क्षतिपूर्ति दिनु अघि चुनाव आयोगसँग अनुमति पनि मागेका छन्। केरला राज्यमा चुनावी आचार संहिता लागू भएकाले सरकारले चुनाव आयोगसँग अनुमति नलिइ क्षतिपूर्तिका लागि रकम उपलब्ध गराउन सक्दैन।
केरालाका मुख्यमन्त्री ओमान चान्डीले घटनास्थल पुग्नु अघि आगलागीको घटनाबारे न्यायिक छानविनका लागि आदेश दिएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !