६ आश्विन २०८१, आइतबार

उपचारका क्रममा एकको मृत्यु


मृत्यु

कैलाली, ७ असार । प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका– २ का ३७ वर्षीय सन्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

न्यौपानेले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताउनुभयो । पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका मृतक न्यौपाने लागुऔषध सेवनकर्ता पनि भएको बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !