१४ आश्विन २०८१, सोमबार

नेदरल्याण्ड्सका हान अबिङ नेपालमा


Nepalpatra

काठमाडौँ, ४ असार । नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुग्नुभएको छ । नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गर्नुभयो ।

पाचौँ संस्करणको उक्त प्रतियोगिता आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । हान पहिलोपटक नेपाली प्रशिक्षकका रूपमा नेपाल आउनुभएको हो । उहाँ तीन महीनाका लागि नेपाली टिमसँग रहनुहुनेछ । प्रशिक्षक हानले नेपाली भलिबलको बारेमा थोरै ज्ञान भएको बताउनुभयो । उहाँले छोटो समय भएपनि नेपाली टोलीलाई लागि शतप्रतिशत योगदान दिएर आफनो कार्यकाल स्मरणयोग्य बनाउने विचार व्यक्त गर्नुभयो ।

भलिबल प्रशिक्षणमा २५ वर्ष लामो अनुभव रहेको हानको प्रशिक्षणचले सेन्ट्रल जोनमा नेपालले राम्रो नतिजा ल्याउने नेपाल भलिबल सङ्घको विश्वास छ । हानले सन् १९९७ देखि २००४ सम्म डच भलिबल टोलीको प्रशिक्षकका रूपमा काम गर्नुभएको थियो । सन् २००४ देखि २००८ सम्म जर्मन बुण्डेसलिगा महिला भलिबल टोलीको मुख्य प्रशिक्षक हुनुहुथ्यो । उहाँले सन् २००८ मा जर्मन कपको उपाधिसमेत दिलाउनुभएको थियो ।

त्यसैगरी २००९ देखि २०१३ सम्म जर्मन वुमन यु–२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्नुभएको थियो । जसमा उहाँले विश्व यु–२० महिला च्याम्पियनसिपको उपाधि जिताउनुभएको थियो । सन् २०१४ देखि २०१५ सम्म नेदरल्याण्ड्सको राष्ट्रिय टिम यु–२१ को पनि मुख्य प्रशिक्षक भएर काम गर्नुभएको थियो । हानले भोलि विहिबारदेखि नेपाली टोलीको प्रशिक्षण गराउनुहुनेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !