३१ जेठ, काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ ।
दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो ।
बैठकमा सहभागी एक नेपाली उच्च अधिकारीका अनुसार पुननिर्माणअन्तर्गतका परियोजनाको प्रकृति र एक्जिम बैकको सर्तहरुका कारण ऋण प्रयोग गर्न कठिन भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।