७ मंसिर २०८१, शुक्रबार

सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध


३१ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा र अनामनगरमा टाइम बस विस्फोट गराएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधारणसम्मलाई कडाइ गरेको हो ।

जेठ १२ गते सिंहदरबार नजिकै अनामनगर र सुकेधारामा विप्लव नेतृत्वको नेकपाले राखेको टाइम बम विस्फोटमा परी ३ जनाको मृत्यु भएको थियो ।

त्यसपछि गृह मन्त्रालयका केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेर सुरक्षा सर्तकता बढाउन निर्देशन दिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !