विश्वकै सबै भन्दा ठूला तानाशाही मानिने हिटलरको जन्म अप्रिल २० मा भएको मानिन्छ । उनको जन्म १८८९ अप्रिल २० कै दिन भएको थियो । बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए । भित्री दुनियामा पनि उत्तिकै क्रुर रहेको बताइन्छ । अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी निकै भिलेन भन्दा कम थिएनन् । हिटलरका बारेमा केही यस्ता कुरा छन् जो तपाइलाई विश्वास नै नलाग्न सक्छ ।
एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्यावृद्धीमा लागेका व्यक्तिसँग यौन सम्बन्ध बनाउने गरेको उल्लेख छ । कम उमेर र किशोरीसँग यौन सम्बन्ध राख्न उनी उत्साहित हुने गरेको कुरा पनि उल्लेख गरिएको छ । उनले आफ्नो यौन इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले सेक्सका लागि अनौँठा/अनौँठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन् । तर उनको १९३७ मा भर्याङबाट लडेर मृत्यु भएको थियो ।
हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौन सम्बन्ध बनाउने गरेका थिए । उनी समलिंगी भएको बताइन्छ । एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना समलिंगी भएको मान्न सकिन्छ । उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी समलिंगी भएको कुरा उल्लेख गरिएको छ । त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौन सम्बन्ध राख्ने गर्थे । यहाँ सम्मकी उनले आफ्नै भतिजीसँग पनि यौन सम्बन्ध राखेका थिए । पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नौ भतिजीको पनि हत्या गरेका थिए ।-एजेन्सी