२६ वैसाख, सिन्धुपाल्चोक । जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण थापाले लेखेका छन् ।
नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरु नै छन् । त्यसैले स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका लागि दिएको ठेक्का तिनकै पोल्टामा पुग्ने गरेको छ ।
सत्तारुढ दल नेकपाका अधिकांश नेता तथा जनप्रतिनिधिले क्रसर र नदी ठेक्कामा लगानी गरेका छन् ।