१३ आश्विन २०८१, आइतबार

आज साँझबाट सीमा नाका सञ्चालन हुने


Nepalpatra

नेपालगञ्ज, २३ वैशाख । भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ ।

तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि आज निर्वाचनको दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा वैशाख २३ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द हुने सहमति गरेको थियो ।

विन्दु कुँवरलाई सहयोग

लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहनुभएका महिला विकास निरीक्षक विन्दु कुँवरलाई उपचार सहयोगार्थ रु पाँच लाख ५४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

विन्दु कुँवर उपचार सहयोगार्थ समितिले सङ्कलन गरेको सो रकमको चेक आज आयोजित कार्यक्रममा कँुवरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा र समितिका सहसंयोजक नमस्कार शाहले सो सहयोगको रकमको चेक कुँवरलाई प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा उपमहानगरपालिका प्रमुख राणाले आफ्नो एक महीनाको तलबभत्ता बराबरको रु ५० हजारको चेक पनि कुँवरलाई हस्तान्तरण गर्नुभएको थियो । कँुवरले उपचार गर्दागर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनुपरेको बताउनुभयो ।

बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गर्नुभएकी कँुवर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत हुनुहुन्छ । कुँवर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराइरहनुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !