१३ आश्विन २०८१, आइतबार

प्राज्ञिकको नेतृत्व विकास तालिम सम्पन्न


काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिको आयोजनामा दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार दुई दिनसम्म आयोजना गरिएकोे उक्त तालिममा परिषदका राष्ट्रिय अध्यक्ष प्राध्यापक डा. रामजी गौतम, तालिमका प्रारम्भमा कार्यक्रम संयोजक विनोद बराल, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव एवं प्रदेश संगठन सचिव छितराज न्यौपाने, त्रि.वि संयोजक भिम बहादुर रोकाया, राष्ट्रिय सह व्यवस्था प्रमुख विकास आधिकारी, केन्द्रीय विशेष आमन्त्रित सदस्य अवलेश प्रसाद गुप्ता र प्रदेश सचिव कृष्ण प्रसाद हुमागाई लागायतको उपस्थिति रहेको थियो ।

प्रा.डा रामजी गौतमले विभिन्न क्षेत्रहरु शिक्षा ,स्वस्थ्य ,न्यायालय ,राष्ट्रिय सुरक्षा जस्ता संबेदनशील क्षेत्र अनावश्यक राजनीतिका कारण ध्वस्त भएको जनाउँदै विद्यार्थीहरुलाई अनुशासनमा रहेर कुनै पनि पार्टीको झन्डा नबोकी आफ्नो अध्यनका साथै नेतृत्व विकास गरि नेपाल आमको सेवा गर्नका लागि आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रशिक्षक नारायण प्रसाद ढकालले नेतृत्व विकासका लागि आवश्यक पर्ने सीपहरु आत्मजागरण,अनुभुती ,समस्या समाधान गर्ने क्षमता, सकारात्मक सोचाइ ,दृस्ठिकोण ,समालोचनात्मक सोचाइ जस्ता विभिन्न विषयहरुमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न खेल तथा विभिन्न समुह बनाइ विभिन्न विषयहरुमा सहभागीहरुलाइ प्रस्तुति गर्न लगाइएको थियोे ।

कार्यक्रमको समापन सत्रमा नेपाल प्रहरीका पुर्व DIG रमेश खरेलको उपस्थित रहेको थियो । खरेलले युवाहरूलाई दुई दिनमा सिकेका विभिन्न सीपहरुलाइ जीवनमा लागु गर्न आवश्यक रहेको जनाउँदै आफू चरीत्रवान बन्दै , आफुले गर्ने कामलाई सम्मान गर्दै अगाडि बढनका लागि आग्रह गर्दै सहभागी सम्पूर्णलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !