१४ आश्विन २०८१, सोमबार

संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको शुभारम्भ


८ वैसाख, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको एक नयाँ आयाम संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको शुभारम्भ गरिएको छ । काठमाडौ स्थित लर्डबुद्ध कलेजमा शनिबार आयोजित आयाम शुभारम्भ कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, पुल्चोक इन्जिनियरिङ कलेजका प्रा.डा.इन्द्रप्रसाद आचार्य, हिन्दु स्वयंसेवक संघ नेपालका सह राष्ट्रिय प्रचारक रेवित कुमार,विद्यार्थी परिषदका केन्द्रीय विशेष आमन्त्रित सदस्य डा डिल्लीराम अधिकारी, परिषदका राष्ट्रिय सचिव एवं प्रदेश संगठन सचिव छितराज न्यौपाने लगायत विभिन्न विद्याका ४० जना इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको कार्यक्रम संयोजक रन्जाना पौडेलले सम्पूर्ण उपस्थितिलाई स्वागत गर्नुभएको थियो। परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले प्रस्ताविक मन्तव्य राख्दै राष्ट्रको आवश्यकतालाई मध्येनजर गर्दै नयाँ आयामको प्रारम्भ गरिएको र यो आयाम लाई परिषदले सहयोग ,सल्लाह ,सुझाव र मार्गदर्शन गरिरहने जनाउदै पुर्ण सफलताको शुभकामना दिनु भयो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !