१३ असार २०८१, बिहिबार

प्रधानमन्त्रीको दिल्ली उडानका लागि हिमालयन एयरसँग पाङ्ग्रा सापटी


airlines

बिहीबार हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हिमालयन एयरलाइन्सको पाङ्ग्रा सापटी मागेको छ ।

निगमको ९ एनएकेएक्स कलसाइनको एयरबस–३२० विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएपछि निगमले प्रधानमन्त्रीलाई उडाउन हिमालयन एयरलाइन्सको दुईवटा पाङ्ग्रा सापटी मागेको खबर आजको राजधानीमा छापिएको छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका लागि तीन दिने दिल्ली भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित १ सय ५० यात्रु लिएर मंगलबार दिल्लीबाट काठमाडौं आएको जहाज अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएको हो।

प्राविधिक इन्जिनियरिङ टोलीले सो विमानमा सापटी लिएको पाङ्ग्रा फिट गरी बिहीबार प्रधानमन्त्री दाहालसहितको भ्रमण प्रतिनिधिलाई भारत उडाउने निगमको तयारी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !