१२ असार २०८१, बुधबार

काठ बरामद


Nepalpatra

६ वैशाख, लहान । सिरहाको मिर्चैया नगरपालिकास्थित एक प्लाइउड उद्योग नजीकै ठूलो परिमाणमा प्रतिबन्धित कर्मा जातको गोलिया काठ बरामद गरिएकोे छ । प्लाइउड उद्योगभन्दा एक किलोमिटर दक्षिणमा थुपारेको अवस्थामा वन कर्मचारीको टोलीले करीब २०० क्यू.फिट काठ बरामद गरेको हो । डिभिजन वन कार्यालयबाट जमदार लखन झाको नेतृत्वमा खटिएको टोलीले काठ बरामद गरेको उक्त कार्यालयका सूचना अधिकारी तथा सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादवले आज जानकारी दिनुभयो ।

सरकारले कर्मा जातको काठ कटान गर्न प्रतिबन्ध लगाएकाले यसबारे अनुसन्धान थालिएको उहाँले बताउनुभयो । ठूलो सङ्ख्यामा उद्योग नजीकै सो काठ फेला परेकाले वन कर्मचारी र स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा काठ तस्करी भइरहेको आशङ्का गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !