१५ आश्विन २०८१, मंगलबार

हावाहुरी प्रभावितलाई राहत समग्री वितरण


२१ चैत, पर्सा । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा रहेका हुरी प्रभावितलाई आज उद्योग, वाणिज्य तथा आपूतिमन्त्री मातृका यादवले राहत समाग्री वितरण गर्नुभएको छ । आइतबार साँझ आएको हुरीमा घरबार गुमाएका २०९ परिवारलाई मन्त्री यादवले खाद्यान्न सामग्री वितरण गर्नुभएको हो ।

उहाँले जगरनाथपुरको हुरी प्रभावित क्षेत्रको निरीक्षणपछि सङ्घीय सरकारका तर्फबाट प्रभावित प्रतिपरिवाललाई ३० किलो चामल लगायतका खाद्यान्न वितरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस घडीमा हुरी प्रभावितसँग सङ्घीय सरकार रहेको सन्देश लिएर काठमाडाँैबाट आएको जानकारी गराउनुभएको थियो । उहाँले हुरी प्रभावितका लागि खाद्यान्न, औषधोपचारदेखि पुनर्वास समेतको प्रबन्ध मिलाउन सरकारपछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्कटमा परेकालाई सबै राजनीतिक दलका नेता कार्यकर्ता, नागरिक समाज, उद्योगपति र व्यपारीलाई उहाँले सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । जगरनाथपुरका हुरी प्रभावितलाई आजै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले समेत राहत सामग्री वितरण गरेको छ । जगरनाथपुरका २०९ परिवाललाई चामल, दाल, खाने तेल, नुन, साबुन, त्रिपाल, बाल्टी, मगलगायत सामग्रीको प्याकेट नै वितरण गरिएको पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !