१५ आश्विन २०८१, मंगलबार

निजी आवास निर्माणका लागि रु दुई अर्ब निकासा


तीन करोड

२० चैत, दमौली । विसं २०७२ को भूकम्पले क्षति पुगेको निजी आवास निर्माणका लागि तनहुँमा करीब रु दुई अर्ब निकासा भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार चैत दोस्रो सातासम्म आवास निर्माणका लागि रु एक अर्ब ९७ करोड ७६ लाख ५० हजार निकासा भएको छ ।

भूकम्पबाट घर क्षति भएका पूर्ण र आंशिक गरी १४ हजार २८७ लाभग्राहीमध्ये पूर्ण क्षति भएका १२ हजार ८५६ र आंशिक क्षति भएका २३९ लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेका छन् । कार्यालयका नासु रामहरि खनालका अनुसार छ हजार ८१६ ले दोस्रो किस्ता र तीन हजार ५०० ले तेस्रो किस्तावापतको रकम बुझेका छन् ।

उहाँका अनुसार व्यास नगरपालिकाका लाभग्राहीलाई रु ३४ करोड १९ लाख, भानु नगरपालिकाका लाभग्राहीलाई रु ५९ करोड ४१ लाख ५० हजार, बन्दीपुर गाउँपालिकाका लाभग्राहीलाई रु १७ करोड २ लाख, आबुखैरेनी गाउँपालिकाका लाभग्राहीलाई रु १३ करोड ६८ लाख ५० हजार, देवघाट गाउँपालिकाका लाभग्राहीलाई रु सात करोड ४४ लाख, घिरिङ गाउँपालिकाका लाभग्राहीलाई रु ३ करोड ६० लाख ५० हजार, भिमाद नगरपालिकाका लाभग्राहीलाई रु १२ करोड २९ लाख ५० हजार, म्याग्दे गाउँपालिकाका लाभग्राहीलाई रु १७ करोड ३ लाख, शुक्लागण्डकी नगरपालिकाका लाभग्राहीलाई रु २५ करोड ५४ लाख, रिसिङ गाउँपालिकाका लाभग्राहीलाई रु सात करोड ५४ लाख ५० हजार निकासा गरिएको छ ।

व्यास नगरपालिकामा दुई हजार ६४९, भानु नगरपालिकामा चार हजार २९४, बन्दीपुर गाउँपालिकामा ६४२, आबुखैरेनी गाउँपालिकामा ७३१, देवघाट गाउँपालिका ७५७, घिरिङ गाउँपालिका २५४, भिमाद नगरपालिका एक हजार ३३,
म्याग्दे गाउँपालिका एक हजार ३३०, शुक्लागण्डकी नगरपालिका एक हजार ८८३ र रिसिङ गाउँपालिका ७१४ लाभग्राही अनुदान पाउने सूचीमा छन् ।

कार्यालयका नासु खनालले भूकम्पबाट क्षति भएको मध्ये दुई हजार ९४१ घर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकामा ७३९, भानु नगरपालिकामा ७२०, बन्दीपुर गाउँपालिकामा २४१, आबुखैरेनी गाउँपालिकामा ३३१, देवघाट गाउँपालिकामा ४२, घिरिङ गाउँपालिकामा ५८, भिमाद नगरपालिकामा ११२, म्याग्दे गाउँपालिकामा २६०, शुक्लागण्डकी नगरपालिकामा ३३४ र रिसिङ गाउँपालिकामा १०४ घर निर्माण सम्पन्न भएको छ ।

ल्याव तथा शैक्षिक उपकरण अनुदान

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ल्याव तथा शैक्षिक उपकरण व्यवस्थापनका लागि अनुदान वितरण गर्न तनहँुका १४ विद्यालयलाई छनोट गरेको छ । जिल्लास्थित विभिन्न पालिकामा रहेका विद्यालयले ल्याव तथा शैक्षिक उपकरण खरीदका लागि अनुदान पाउने भएका छन् ।

कम्प्युटर ल्यावका लागि तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, व्यास नगरपालिका–३ स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, भानु नगरपालिका–५ स्थित सरस्वती सदन माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, शुक्लागण्डकी नगरपालिका–५ स्थित जनकल्याण माध्यमिक विद्यालयले रु छ लाख ५० हजार अनुदान पाउने भएका छन् ।

त्यस्तै भिमाद नगरपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, आबुखैरेनी गाउँपालिका–४ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, आबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयले रु छ लाख ५० हजार, व्यास नगरपालिका–५ स्थित जनजुक्त शाही माविले रु छ लाख ५० हजार, भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा माध्यमिक विद्यालयले रु छ लाख ५० हजार अनुदान पाउने भएका छन् ।

शौचालय निर्माणका लागि व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले रु १४ लाख, विज्ञान प्रयोगशालाका लागि शुक्लागण्डकी नगरपालिका–१२ स्थित छब्दी माध्यमिक विद्यालयले रु छ लाख ५० हजार र भिमाद नगरपालिका–९ स्थित बुचाखानी माध्यमिक विद्यालयले रु छ लाख ५० हजार अनुदान पाउने मन्त्रालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !